दैलेखको आठबिसमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु
baahrakhari.com · Wed May 25 16:15:00 GMT 2022
दैलेख । दैलेखको आठबिसमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । कालिकोटबाट नेपालगञ्जका लागि छुटेको म १ ख ६६० नम्बरको बस सडकबाट तीस मिटर तल खसेको दैलेख प्रहरीले जनाएको छ ।
घटनास्थलमा रहेका आठबिस नगरपालिकाका मेयर तर्कबहादुर बडुवालकाअनुसार बस दैलेखको आठबिस नगरपालिका २ सिस्नेमा दुर्घटनामा परेको हो । मृतकहरू सनाखत हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)