उल्टो किताब
annapurnapost.com · Tue Aug 10 06:04:00 GMT 2021
गाडी हिँड्न लागेको थियो। चालक र सहचालकहरू गाडीको खाली सिट भर्नलाई थप यात्रु पर्खिरहेका थिए। पर्खाइको समय बढी नै बोझिलो थियो। हातमा भएको मोबाइलले भने सबैलाई साथ दिएको देखिन्थ्यो। त्यही बेला एकजना महिला आफूसँग ६/७ वर्ष जस्तो देखिने बालकलाई लिएर गाडीभित्र पसिन्। नयाँ यात्रुको आगमनले केहीबेर सबैको ध्यान खिच्यो। नयाँ यात्रुले त्यसतर्फ ध्यान दिएको देखिएन। ती महिला आफूसँगै रहेको बालकलाई लिएर खाली एउटा सिटमा बसिन्।
गाडीमा पसेको केहीबेरमा सामान र सिटको व्यवस्थापनपछि उनले झोलाबाट दुईवटा किताब झिकिन्। एउटा आफूले लिइन् र अर्को सानो बालकलाई दिइन्। केहीबेरमा ती दुईजना किताब पढ्नमा मग्न भएका देखिए। गाडीका अन्य यात्रुले उनीहरूको गतिविधि वास्ता गरेनन्। सबै मोबाइलमा व्यस्त भए। ‘गाडी चल्नु अगाडि नै भाडा तिरौं।’ सहचालक ठूलो स्वरमा बोल्दै ढोकाभित्र पस्यो। बन्द गाडी र चुपचाप यात्रुहरूको बिचमा उसको आवाज निकै चर्को सुनियो। त्यति भनेर ऊ भाडा उठाउन थाल्यो। भाडा लिँदै ऊ जब ती महिला र बच्चाको अगाडि पुग्यो र अनौठो गरेर मुस्कुरायो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)