मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हिमालय एयरलाइन्सले भारतीय नागरिक लैजान साउदीको दमाम तीन उडान गर्दै

baahrakhari.com · Tue May 18 00:02:00 GMT 2021

काठमाडौं । हिमालय एयरलाइन्सले भारतीय नागरिक लैजान मंगलबार चार्टर्ड उडान गर्ने भएको छ । सरकारले काठमाडौंमा अड्किएका भारतीय नागरिकलाई साउदी लैजान हिमालय एयरलाइन्सलाई तीनवटा चार्टर्ड उडान गर्न अनुमति दिएको थियो ।

हिमालय एयरलाइन्सका अनुसार तीनवटै उडान एकै दिन गर्नेछ । कम्पनीले दमामका लागि ८२० अमेरिकी डलर भाडा तोकेको छ । साउदी जाने यात्रुले बोर्डिङ गर्दा पीसीआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)