भारतमा सुरुङ दुर्घटना, सात जनाको मृत्यु
reportersnepal.com · Fri Aug 14 07:41:40 GMT 2026

नयाँदिल्ली, २९ साउन । भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेषसहित पहिरो खस्दा कम्तीमा सात जना कामदारको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । बिहीबार राति भएको दुर्घटनापछि तीन जना अझै बेपत्ता रहेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
राज्यद्वारा सञ्चालित जलविद्युत् परियोजनाका लागि सुरुङ निर्माण भइरहेको स्थानमा दुर्घटना भएको हो । राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार टिहरी जलविद्युत् निगमको निर्माणस्थलबाट १९ जना कामदारलाई उद्धार गरिएको छ । घाइते १३ जनाको उपचार भइरहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)