मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाल्पा जिप दुर्घटना : पुख्यौली गाउँ लमजुङ शोकमा

ekantipur.com · Tue Oct 24 01:15:36 GMT 2023

लमजुङ — लमजुङको बेंसीसहर नगरपालिका १, उदिपुर सानो धिमिरेका बासिन्दा यसपटकको दसैं धुमधामले मनाउने योजनामा थिए । आइतबार अपरान्हतिर एक्कासी दुखद् खबर आयो, ‘पाल्पामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु ।' मुत्यु हुनेमा सबै गाउँले परिवार ।

धेरैजसो लोहनी परिवार बस्दै आएका उदिपुर क्षेत्रमा दुखद् खबर फैलियो । सानो धिमिरेका हिराबहादुुर लोहनीलाई यो खबर पत्याउन कर लाग्यो, जब सबैजसो सञ्चार माध्ययमले पूर्वी नवलपरासीको देवचुली नगरपालिका १६, रजहरका एकै परिवारका सदस्य दुर्घटनामा परेको खबर प्रसारण गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)