विराटनगर किंग्सद्वारा ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता घोषणा
baahrakhari.com · Thu Oct 09 17:29:01 GMT 2025
काठमाडौं । विराटनगर किंग्सले कोसी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि ‘‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ।
कोसी प्रदेशका पाँच जिल्लाहरू झापा, मोरङ, सुनसरी, उदयपुर र इलामका यू–२३ टोलीहरू सहभागी हुने यस प्रतियोगिता टी–२० फर्म्याटमा खेलाइनेछ । प्रतियोगिता असोज २५ देखि ३० गतेसम्म झापास्थित मेची बहुमुखी क्याम्पसको खेलमैदानमा आयोजना हुनेछ । प्रतियोगितामा प्रत्येक दिन दुईवटा खेल हुने आयोजकले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)