सुख्खा सहन सक्ने धान लगाउन किसानलाई सुझाव
gorkhapatraonline.com · Tue Jun 09 05:23:27 GMT 2026

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशले सुख्खा सहन सक्ने जातका धान लगाउन किसानलाई आग्रह गरेको छ। यस वर्ष मनसुन ऋतुमा सरदरभन्दा कम वर्षा हुने सम्भावना देखिएकाले मन्त्रालयले यस्तो सुझाव दिएको हो।
मन्त्रालयले सार्वजनिक गरेको सूचनामा जलवायु परिवर्तनका कारण वर्षाको प्रकृतिमा आएको फेरबदल र सम्भावित खडेरीको जोखिमलाई ध्यानमा राख्दै सुख्खा–१, सुख्खा–२, सुख्खा–३, सुख्खा–४, सुख्खा–५ र सुख्खा–६ जस्ता जातका धान छनोट गर्न सिफारिस गरिएको छ। यी जातहरूले पानीको अभावमा पनि उत्पादन क्षमता कायम राख्ने भएकाले खडेरीको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने मन्त्रालयको विश्वास छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)