अमेरिकाद्वारा नयाँ ट्राभल एडभाइजरी : नेपालमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह
ekantipur.com · Mon Dec 25 00:59:25 GMT 2023
काठमाडौँ — अमेरिकाले नयाँ ट्राभल एडभाइजरी जारी गर्दै नेपाल भ्रमणमा जाने आफ्ना नागरिकलाई सावधानी अपनाउन सूचित गरेको छ । भ्रमण तय गरिसकेकाको हकमा पनि एक्लै पदयात्रा वा आरोहण नगर्न सुझाव दिइएको छ । अमेरिकी विदेश मन्त्रालयले पुस २ मा ल्याएको एडभाइजरीमा नेपालमा अझै पृथक् राजनीतिक हिंसाको सम्भावना रहेको जिकिर गर्दै यात्रा गर्दा सावधानी अपनाउन भनिएको छ ।
‘जोखिमका सूचकहरूको आवधिक समीक्षापछि पछिल्लो ट्राभल एडभाइजरी जारी गरिएको हो,’ अमेरिकी विदेश मन्त्रालयले भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)