भारी वर्षापछि चार तल्ले भवन भत्किँदा भारतमा ९ जनाको मृत्यु
khabarhub.com · Thu Jun 10 00:40:31 GMT 2021
काठमाडौँ- भारी वर्षापछि भारतको मुम्बइस्थित मलाड वेस्टको मालवानी क्षेत्रमा रहेको एउटा चार तल्ले भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । अन्य कयौँ बेपत्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
बुधवार राति साढे ११ बजेतिर भवन भत्किदा घाइते भएका ८ जनाको स्थानीय बीडीबीए नगर जनरल हस्पिटलमा उपचार भइरहेको छ । घरको भग्नावशेषमा फसेका १५ जनाको उद्धार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)