गागलफेदीबाट ‘यानीमाया’को छायाङ्कन सुरु
ratopati.com · Fri Aug 14 09:01:03 GMT 2026

काठमाडौँ । फिल्म ‘यानीमाया’को छायाङ्कन सुरु भएको छ । अभिनेता पल शाहको निर्माण रहेको फिल्मको छायाङ्कन शुक्रबारबाट सुरु भएको हो । गागलफेदीको फिल्म स्टुडियोबाट सुरु भएको फिल्मको छायाङ्कन अघि शुभसाइत समारोह आयोजना गरिएको थियो । जसमा फिल्म युनिटले क्यामरा तथा स्क्रिप्ट पूजा गरेका थिए ।
फिल्मको छायाङ्कन नियमित ३५ दिनसम्म हुनेछ । ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार हुने फिल्ममा पल र अञ्जना मगर, शिशिर वाङ्देल, गजित विष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, सङ्गीता थापा, विशाल पुलामी, नारायणी खत्री लगायतका कलाकारहरूको अभिनय रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)