अल्टिमेटम नमान्नेहरुको घरमा इटहरी उपमहानगरले चलायो डोजर
ratopati.com · Mon Feb 13 06:39:00 GMT 2023
सुनसरी । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार गर्न इटहरी बजार क्षेत्रका थप घरहरु भत्काइएको छ । उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको नेतृत्वमा इटहरी वडा नं. ६ का घरहरु भत्काइएको हो ।
इटहरी उपमहानगरपालिकाले वडा नंं. ९ मा पर्ने सडक क्षेत्राधिकारभित्र पर्ने १४ वटा घरहरु दुई साताअघि भत्काएको थियो । वडा नं. ६ मा पर्ने ३४ घर भत्काउन शनिबार (माघ २८ गते) सम्मको अल्टिमेटम दिएको र कतिपयले अटेर गरेपछि मेयर पौडेल नेतृत्व टोलीले डोजर प्रयोग गरि घर भत्काएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)