सरकारले पहिलोपटक एकीकृत राष्ट्रिय ‘केयर इकोनोमी’ नीति निर्माण गरिरहेको छः श्रममन्त्री
corporatenepal.com · Tue Jun 09 05:22:05 GMT 2026

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ११४ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपालले आगामी दशकलाई आन्तरिक रोजगारी प्रवर्द्धनको दशकका रूपमा अघि बढाउने बताएका छन् ।
डिजिटल तथा गिग अर्थतन्त्रमा कार्यरत श्रमिकको हकहितका लागि स्पष्ट सम्झौता, व्यावसायिक सुरक्षा, एल्गोरिद्मिक निष्पक्षता र डेटा गोपनीयता आवश्यक रहेको भन्दै उनले सरकारले पहिलोपटक एकीकृत राष्ट्रिय ‘केयर इकोनोमी’ नीति निर्माण गरिरहेको र जबरजस्ती श्रमसम्बन्धी प्रोटोकल अनुमोदनका लागि संसद्मा पेश भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)