कस्तो होला चीनको बीआरआई २.०?
nepalkhabar.com · Sat Oct 15 16:21:37 GMT 2022
चीनको बेल्ट एन्ड रोड इनिसियटिभ अन्तर्गतका केही परियोजनाको प्रदर्शन राम्रो छैन। यो चीन वा परियोजना सञ्चालन भइरहेका मुलुकको दोष होइन। कोभिड–१९ महामारीदेखि युक्रेनमाथि रुसको आक्रमणसम्मका कारणले थुप्रै विकासशील मुलुकहरु समस्यामा परेका छन्। त्यसमाथि वातवरणीय संकटको कहर। उदाहरणका रुपमा पाकिस्तानको भयंकर बाढीपहिरोलाई लिन सकिन्छ।
बीआरआई परियोजनाको जन्म भएयता चीनले करिब १५० देशमा झण्डै १ ट्रिलियन अमेरिकी डलर लगानी गरिसकेको छ। जसका कारण चीन विकासशील मुलुकहरुमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक बनेको छ। तथापि, २०२१ मा अन्य मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने राष्ट्रहरुको सूचीमा चीन चौथो स्थानमा मात्र छ। चीनभन्दा धेरै अमेरिका, जर्मनी र जापानले लगानी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)