सन्दीप लामिछानेलाई कप्तान किन बनाइयाे ? पारस खड्काले दिए जबाफ
ratopati.com · Fri Aug 14 09:28:13 GMT 2026
काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरेको छ । शुक्रबार काठमाडौँमा आयोजित बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् ।
बिदाइ कार्यक्रममा सचिव खड्काले नेपाली क्रिकेटको संरचनामा महत्त्वपूर्ण परिवर्तन गरिएको जानकारी दिए । जसअनुसार राष्ट्रिय टोलीको एकदिवसीय (ओडिआई) फर्म्याटकाे कप्तानीको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)