काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा.बराल नियुक्त
canadanepal.com · Fri Aug 14 09:57:49 GMT 2026

काठमाडौँ - काठमाडौँ विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्राध्यापक डा. विवेक बराल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार प्रा.डा. बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित उपकुलपति सिफारिस समितिले बरालसहित तीन जनाको नाम सिफारिस गरेको थियो। समितिले प्रा.डा. बरालसँगै प्रा.डा. बालचन्द्र लुइँटेल र प्रा.डा. राजेन्द्र जोशीको नाम प्रधानमन्त्री शाहसमक्ष पठाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)