एकैपरिवारका ३ जना पुर्पक्षका लागि थुनामा
rajdhanidaily.com · Fri Aug 14 10:09:52 GMT 2026

जनकपुरधाम । धनुषा जिल्ला अदालतले एकैपरिवारका तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर रु चार करोड ठगी गरेको आरोपमा अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।
धनुषका विभिन्न व्यक्तिहरुले दिएको अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई यही साउन १ गते पक्राउ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)