दसैँ सकिए लगत्तै दैनिक काठमाडौँ उपत्यका भित्रिने नागरिकको सङ्ख्या उच्च
ratopati.com · Thu Oct 09 19:30:00 GMT 2025

काठमाडौँ। दसैँ सकिएसँगै पछिल्ला दिनमा काठमाडौँ उपत्यका भित्रिने सवारीसाधन र यात्रुहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ । दसैँ मनाउन आआफ्ना गाउँघर गएका नागरिक अहिले पुनः काठमाडौँ उपत्यका फर्किन थालेपछि यहाँका प्रमुख नाका र सडकमा यात्रु तथा सवारीसाधनको सङ्ख्या बढ्दै गएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दसैँको भोलिपल्ट अर्थात् असोज १७ गतेदेखि बुधबार साँझसम्म काठमाडौँ उपत्यकामा एक लाख ५५ हजार ६९७ जना भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, “दसैँ सकिएको र बाढी पहिरो तथा वर्षात्ले अवरुद्ध राजमार्ग पनि सञ्चालन भएका छन् । राजमार्गहरूमा सवारीसाधनको सङ्ख्या पनि बाक्लिँदै गएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)