समयमै वर्षा भएपछि बैतडीका खेतमा रोपाइँको रौनक
gorkhapatraonline.com · Tue Jun 09 05:37:08 GMT 2026

बैतडीका खेतबारीमा यतिबेला रोपाइँको चटारो सुरु भएको छ। जेठ महिनाको दोस्रो सातासँगै जिल्लाका सिँचाइ सुविधा पुगेका अधिकांश क्षेत्रमा किसानहरू धान रोप्न व्यस्त भएका छन्। समयमै परेको वर्षा र पर्याप्त सिँचाइका कारण यस वर्ष धानका बेर्ना राम्रोसँग सप्रिएकाले किसानहरू उत्साहित देखिएका छन्।
धान उत्पादनका लागि उपयुक्त मानिने जेठदेखि साउनसम्मको अवधिमा बैतडीका विभिन्न फाँटहरूमा रोपाइँको रौनक बढ्न थालेको छ। खेतमा पानी जमाएर बेर्ना सार्ने, गोरु जोतेर खेत हिल्याउने र परिवारका सदस्यहरू मिलेर रोपाइँ गर्ने पुरानो परम्परा अहिले पनि ग्रामीण क्षेत्रमा जीवित छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)