काठमाडौँ महानगरको १९ औँ अधिवेशन जेठ ३१ मा
hamrakura.com · Tue Jun 09 00:00:00 GMT 2026
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगरसभाको १९ औँ अधिवेशन आगामी जेठ ३१ गते हुने भएको छ। मङ्गलबार बसेको महानगरपालिकाको ५० औँ नगर कार्यपालिका बैठकले उक्त अधिवेशनको मिति तय गरेको हो।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार आगामी जेठ ३१ गते आइतवार बिहान ११:०० बजे राष्ट्रिय सभा गृहमा अधिवेशनको पहिलो बैठक बस्ने गरी प्रस्ताव सर्वसम्मत पारित गरिएको छ। कार्यपालिका बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले नगरसभाको १९ औँ अधिवेशन आह्वान गर्ने सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)