मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कामना सेवाको २३ करोड ऋण जोखिममा

nayapatrikadaily.com · Fri Feb 03 00:30:00 GMT 2023

कामना सेवा विकास बैंकको दमक शाखाबाट पछिल्लो चार वर्षमा प्रवाह भएको २३ करोड रुपैयाँबराबरको ऋण जोखिममा परेको छ । बैंकका कर्मचारी र ऋणीले मिलेमतोमा कमसल धितोमा प्रवाह गरेको ऋण नउठ्ने खतरा बढेको हो ।

बैंकको दमक शाखाबाट ०७६ सालयता प्रवाह भएको ऋणमा शंका लागेपछि बैंकले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रहरीले अनुसन्धान गर्दै जाँदा तथ्यहरू अझै धेरै बाहिरिरहेका छन् । यद्यपि, ऋण लिएको २३ करोडमाथिको रकम कहाँ छ भन्नेबारे भने प्रहरी अझै अनभिज्ञ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)