मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अरौंदी खोलाले मोटरसाइकलसहित युवक बगायो

annapurnapost.com · Fri Aug 14 10:20:33 GMT 2026

स्याङ्जा : पुतलीबजार नगरपालिका-१ स्थित अरौदी खोलाले मोटरसाइकलसहित चालकलाई बगाएको छ। खोलाले बगाउँदा मोटरसाइकल चालक सलिम मगर वेपत्ता भएका छन्। बिहीबार राति करिब १० बजेतिर ग ११ प ८१८३ नम्बरको मोटरसाइकलमा सवार पुतलीबजार नगरपालिका -३ निवासी २१ वर्षीय मगर बेपत्ता भएका हुन्।

उनीसँगै सोही स्थानका १७ वर्षीय समिप शाही सकुशल रहेको प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए। झण्डै एक सय मिटर तल मोटरसाइकल भने फेला परेको छ। वेपत्ता मगरको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। उनीको खोजि कार्यमा नेपाल प्रहरी,सेना र स्थानीय जुटेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)