विशेष महाधिवेशनले लोकतन्त्र र राष्ट्रियतामा समेत कालो बादल मडार्यो : गुरु बराल
onlinekhabar.com · Fri Aug 14 10:27:25 GMT 2026

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु बरालले विशेष महाधिवेशनले कांग्रेसको मात्र नभई लोकतन्त्र र राष्ट्रियतामा पनि कालो बादल मडारेको टिप्पणी गरेका छन् । शुक्रबार कांग्रेस संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘आजभन्दा ठीक ११ महिना अगाडि नेपालको राजनीतिमा कालो बादल मडारियो । त्यो बादलको लपेटामा नेपाली कांग्रेसका केही साथीहरू पर्नुभयो,’ नेता बरालले भने, ‘सार्थीहरू संयमित हुनहोस् । साथीहरू फर्किनुहोस्, साथीहरू आत्मालोचना र आत्मसमीक्षा गर्नुहोस् ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)