५५ वर्षपछि जर्मनीविरुद्ध इंग्ल्यान्डको जित
nepalsamaya.com · Tue Jun 29 18:13:00 GMT 2021
काठमाडौं– ५५ वर्षपछि जर्मनीविरुद्ध पहिलो जित निकाल्दै इंग्ल्यान्ड युरो कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। याेसँगै विश्वकप र युरोकपको समग्र खेलमा इंग्ल्यान्डले जर्मनीविरुद्ध १९६६ पछि पहिलो जित निकालेको छ। खेल अवधिभर जर्मनीले विपक्षीको पोस्टमा नौ प्रहार गरेको थियो। तर उसको कुनै प्रहार सफल हुन सकेनन्। यता इंग्ल्यान्डका पनि पाँच प्रहारमा एकबाहेक सबै प्रयास खेर गए।
यो जितसँगै इंग्ल्यान्डले इटालीको रोम सहरमा हुने क्वार्टरफाइनलमा युक्रेन र स्विडेनको विजेतासँग भिड्नेछ। जर्मनी भने प्रतियोगिताबाट बाहिरिएको छ। जर्मनीले समूह चरणमा पोर्चुगललाई हराएको थियो भने फ्रान्ससँग हार बेहोरेको थियो। यसले घरेलु मैदानमा हंगेरीसँग बराबरी खेलेको थियो। इंग्ल्यान्डले भने अहिलेसम्मका सबै खेल घरेलु मैदानमा मात्र खेलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)