मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो

barnanmedia.com · Thu Oct 15 23:54:50 GMT 2026

जिल्लामा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालय, भैरहवाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ७७७ वटा उद्योग तथा वाणिज्य फर्मको लगत कट्टा गरिएको छ । यसमध्ये ३२२ वटा उद्योग र ४५५ वटा व्यावसायिक फर्म रहेका छन् ।

कार्यालयका सूचना अधिकारी मोहन परियारका अनुसार उद्योग तथा व्यावसायिक फर्म बन्द गर्ने क्रम चालु आवमा पनि जारी छ । आव २०८३/८४ को साउन र भदौमा मात्रै ८१ वटा उद्योग र १२७ वटा वाणिज्य फर्मको लगत कट्टा गरिएको छ । पछिल्लो तथ्याङ्कले जिल्लामा नयाँ उद्योग तथा व्यवसाय दर्ता भइरहँदा पुराना उद्योग र व्यावसायिक फर्म बन्द हुने क्रम पनि कायम रहेको देखाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)