कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ अब करदाता उपहार कार्यक्रममा जोडियो
bishowkhabar.com · Fri Aug 14 10:50:48 GMT 2026

काठमाडौं– कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा सहज रूपमा सहभागी गराउने उद्देश्यले मोबाइल बैंकिङ एपमार्फत गरिएको डिजिटल भुक्तानीलाई कार्यक्रमसँग जोडेको छ ।
बैंकका अनुसार अब कामना सेवा विकास बैंकको मोबाइल बैंकिङमार्फत योग्य कारोबार गरी भुक्तानी गर्ने ग्राहकका कारोबार स्वतः लक्की ड्रमा समावेश हुनेछन् । यसका लागि ग्राहकले छुट्टै कारोबार दर्ता वा विवरण अपलोड गर्नुपर्ने छैन । ग्राहकले मोबाइल बैंकिङ एपमै आफ्ना योग्य कारोबारको संख्या तथा विवरण हेर्न सक्ने बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)