ऋणको भार मात्रै पचपन्न अर्ब
gorkhapatraonline.com · Fri Oct 16 00:25:51 GMT 2026

कुनै समय लन्डन, पेरिस र फ्य्राङ्कफर्टसम्म उडान गरेर अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा नेपालको पहिचान स्थापित गर्न सफल नेपाल वायुसेवा निगम दक्ष जनशक्तिको कमी, जहाज अभाव र ऋणको भार थपिएका कारण सङ्कटतिर धकेलिँदै गएको छ । बलियो, स्पष्ट र सुदृढ व्यावसायिक कार्यदिशा प्रभावकारी कार्यान्वयनले मात्र राष्ट्रिय ध्वजावाहकलाई गौरवको लयमा पुनः फर्काउन सक्ने छ ।
समयक्रमसँगै वित्तीय अनुशासन, संस्थागत नेतृत्व र व्यावसायिक रणनीतिमा देखिएको कमजोरीले सङ्कट गहिरिँदै गएको हो । निगमको यो अवस्था एकै दिनमा आएको नभई विभिन्न कालखण्डमा सरकार परिवर्तनसँगै हुने राजनीतिक हस्तक्षेप, व्यवस्थापकीय कमजोरी, जहाज खरिद काण्ड, कर्मचारीतन्त्र र कमजोर प्रतिस्पर्धाका कारण संस्थागत क्षमता घट्दै जाँदा आएको उड्डयन क्षेत्रका जानकारको धारणा छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले निगमभन्दा पछि स्थापना भएका विदेशी हवाई कम्पनीहरू थाई एयरवेज, क्याथेप्यासेफिक र सिङ्गापुर एयरलाइन्सलगायतले बजारको माग, गन्तव्य विस्तार र गुणस्तरमा सुधार गरेर प्रतिष्ठित एयरलाइन्स बनिसक्दा निगम भने सञ्चालन खर्च र व्यवस्थापनकै चुनौतीमा अल्झिरहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)