चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन
khabarhub.com · Fri Oct 16 00:25:53 GMT 2026

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेस्टुरेन्ट, मिठाई पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ ।
विभागले बिहीबार सूचना जारी गर्दै विशेषगरी राजमार्गमा यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र बिक्री वितरण गर्न आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)