दसैंमा रामलीलाको रमाइलो
annapurnapost.com · Fri Oct 16 00:30:26 GMT 2026

रामलीला केवल राम र रावणबीचको युद्धको कथा होइन। यो कर्तव्य, त्याग, सत्य, न्याय, मातृभूमिप्रतिको प्रेम, पारिवारिक जिम्मेवारी, नारी सम्मान, सामाजिक सद्भाव र चरित्र निर्माणको सन्देश बोकेको सांस्कृतिक परम्परा हो।
नेपालगन्ज : भारतको वृन्दावनबाट भगवान् श्रीराम र रावणसहितको भूमिका निभाउन २५ जना कलाकार नेपालगन्ज आइपुगेका छन्। घटस्थापनासँगै उनीहरूले रामलीला मैदानमा मर्यादापुरुषोत्तम श्रीरामको कथामा आधारित लीला मञ्चन गर्ने छन्। नेपालगञ्जमा यो १५९औं लीलामञ्चन हुनेछ। ऐतिहासिक श्रीरामलीला महामहोत्सव असोज २५ देखि कात्तिक ५ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा वृन्दावन धामका प्रसिद्ध राधाकृष्ण शर्माजी महाराजद्वारा संगीत, आधुनिक सजावट तथा आकर्षक दृश्यसहितको मनमोहक रामलीला प्रस्तुत गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)