कोरोना संक्रमण बढ्न नदिन सीमामा कडाइ
ekantipur.com · Wed Apr 05 16:48:43 GMT 2023
लुम्बिनी — कोरोना जोखिम बढ्न थालेपछि सीमा नाका बेलहियामा अनुगमन बढाइएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले बेलहियास्थित हेल्थ डेस्कको बुधबार अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, रुपन्देही प्रहरी प्रमुख (एसपी) भरतबहादुर विक, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल, सिद्धार्थनगर नगरपालिकाका प्रतिनिधिलगायतले बेलहिया हेल्थ डेस्कको अनुगमन गर्दै त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् । भारतदेखि आउने पर्यटकहरूसँग पीसीआर रिपोर्ट माग्ने र नभएमा अनिवार्य रुपमा एन्टिजेन परीक्षण गर्न निर्देशन दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)