टिप्पणी आदेशबाट सम्पत्ति जाँचबुझ आयोगविरुद्धका रिट संवैधानिक इजलासमा सारिएकामा बारको आपत्ति
ratopati.com · Fri Aug 14 11:29:24 GMT 2026

काठमाडौँ । सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोगविरुद्ध परेका रिटहरू टिप्पणी आदेशको आधारमा संवैधानिक इजलासमा सारिएको विषयप्रति नेपाल बार एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शुक्रबार जारी विज्ञप्तिमा खुला इजलाससमक्ष विचाराधीन मुद्दा पेसीका दिन बहस छलफलद्वारा कुन इजलासमा पठाउने वा नपठाउने भन्ने विषय टुङ्गो लगाउने परम्परा र अभ्यास रही आएको स्पष्ट पारिएको छ। यस्तो परम्परा विपरीत टिप्पणी आदेशको माध्यमबाट राष्ट्रिय महत्त्वको मुद्दा संवैधानिक इजलासमा सार्नु आश्चर्यजनक रहेको बारको ठहर छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)