प्रदेशको अनुमति, प्रशासनको ताला
nepalnews.com · Fri Aug 14 11:15:22 GMT 2026

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा गरिएको अनुगमनपछि विराटनगरका सात आँखा अस्पतालमा सिलबन्दी गरिएको छ। प्रशासनले संघीय सरकारको निर्देशन र जनस्वास्थ्य सुरक्षालाई कारबाहीको आधार बताएको छ। प्रदेश स्वास्थ्य मन्त्रालय भने अस्पताल सिलबन्दी गर्ने अधिकार प्रशासनसँग छ कि छैन भन्नेमा अन्योल देखिएको बताउँछ।
स्वास्थ्य संस्था दर्ता, नवीकरण र अनुगमन कसले गर्ने भन्नेबारे कानुनले तहगत जिम्मेवारी तोकेको छ। जनस्वास्थ्य सेवा ऐन, २०७५ र नियमावली, २०७७ ले स्थानीय, प्रदेश र संघीय सरकारको क्षेत्राधिकार छुट्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)