गाडीको ब्याट्री व्यवस्थापन आयातकर्ताले मात्रै गर्न सक्दैनन्, छुट्टै कम्पनीमार्फत गर्नुपर्छ: आकाश गोल्छा
nepalpress.com · Fri Aug 14 11:29:10 GMT 2026

काठमाडौं । अटोमोबाइल व्यवसायी तथा नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री व्यवस्थापनका लागि गरिने रिसाइक्लिङको काम सवारी आयातकर्ताले मात्र गर्न नसक्ने बताएका छन् । शुक्रबार नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ संवादमा भारतको उदाहरण दिँदै आयातकर्तामा मात्र गर्न नसक्ने र त्यसका लागि छुट्टै कम्पनी चाहिने बताएका हुन् ।
उनले ईभीको मात्रै नभई मोबाइल फोन, ल्यापटप लगायत उपकरणको ब्याट्री व्यवस्थापन जरुरी रहेको बताए। साथै, उनले ब्याट्री व्यवस्थापन सम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुनु, नेपाल भारत खुला सिमाना पनि ब्याट्री व्यवस्थापनको चुनौती बेनको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)