दुर्घटनाप्रति अन्तर्राष्ट्रिय समुदायद्वारा दुःख व्यक्त
ekantipur.com · Mon Jan 16 01:02:14 GMT 2023
काठमाडौँ — यती एयरको विमान दुर्घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले दुःख व्यक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ ट्वीट गर्दै दुःख प्रकट गरेका छन् । ‘भारतीय नागरिकलगायत यात्रुहरूको ज्यान लिने गरी नेपालमा भएको दुःखद् विमान दुर्घटनाबाट पीडा भएको छ । यो शोकको घडीमा मेरो प्रार्थना शोकसन्तप्त परिवारहरूको साथमा छ,’ मोदीले ट्वीटमा भनेका छन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरले पनि ट्वीटमार्फत पोखरामा भएको विमान दुर्घटनाको खबरले गहिरो दुःख लागेको उल्लेख गरेका छन् । त्यस्तै भारतका नागरिक उड्डयनमन्त्री ज्योतिरादित्य सिन्धियाले पनि विमान दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । उनले शोकसन्तप्त परिवारलाई सहानुभूति दिँदै उक्त विमान दुर्घटना भयानक भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)