काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त
nepalnews.com · Fri Aug 14 11:52:31 GMT 2026

काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा विवेक बराल नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरेका हुन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई आज मन्त्रालयमा नियुक्तिपत्र प्रदान गरे। शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)