चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नगर्न प्रशासनको चेतावनी, अस्वस्थकर मासु जफत
bishowkhabar.com · Fri Oct 16 01:09:29 GMT 2026

काठमाडौं – दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै कञ्चनपुर प्रशासनले कालोबजारी, कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि नगर्न व्यवसायीलाई आग्रह गरेको छ। प्रशासनले बजारमा गुणस्तरहीन तथा म्याद गुज्रिएका वस्तुको बिक्रीवितरण नगर्न चेतावनी दिँदै उपभोक्तालाई ठगी र अनलाइन स्क्यामबाट समेत सतर्क रहन अनुरोध गरेको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बिहीबार साँझ विशेष अनुरोधसहितको सूचना जारी गर्दै चाडपर्वका बेला खाद्यान्न, इन्धन र खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न तथा उपभोक्तालाई मार पर्ने गरी मूल्य नबढाउन आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)