पीएलए तयार भए ताइवान एकै पटक कब्जा गर्न अघि सर्नेछन् सी
nepalkhabar.com · Sun Sep 18 16:56:12 GMT 2022
अमेरिका र चीनबीचको सम्बन्ध खस्केर आधा शताब्दीयताकै कमजोर स्थानमा पुगेका बेला केही अमेरिकी विश्लेषक र नीतिनिर्माताहरु भने एउटा खतरनाक भाष्य तयार गर्दैछन्। सो भाष्यले भन्छ– ताइवानलाई ‘पुनर्एकीकरण’ गर्ने चीनको मौका छिटै समाप्त हुँदैछ। जुन एकीकरण चिनियाँ राष्ट्रपति सी चिनफिङको विदेशनीतिको प्रमुख लक्ष्य हो। यो भाष्यले मौका बाँकी छँदै तत्काल र बलपूर्वक कदम चाल्न बेइजिङमाथि दबाब बढाएको छ।
यो भाष्य चीनको उदाउँदो क्रम समाप्तिको निकट छ भन्ने विश्वासमा आधारित छ। जनसंख्यामा अभूतपूर्व गिरावट, ऋणको गह्रौँ बोझ, असमान नवप्रर्वतन र अन्य गम्भीर आर्थिक समस्याहरुले चीनको वृद्धिलाई धीमा बनाएको छ र अझै यसलाई मन्द तुल्याउने सम्भावना छ। जसका कारण अमेरिकालाई चुनौती दिनेगरी चीनसँग सैन्य शक्ति वा राजनीतिक प्रभाव हुने छैन। यो सोचका अनुसार बेइजिङ यी प्रतिकूल परिस्थितिप्रति सचेत छ र ढिला भइसक्नुअघि नै उसले ताइवान मामिलामा कदम चाल्ने सम्भावना छ। विद्वानहरु हल ब्रान्ड्स र माइकल बेकलीले फरेन अफेयर्समा तर्क गरेका छन्, ‘चीन त्यो बाटो हिँड्दैछ, जुन अक्सर त्रासदीमा पुगेर टुंगिन्छ– चक्करलाग्दो उदयपछि नराम्रो पतन।’ उनीहरुको दृष्टिकोणमा विश्वको नक्सा बदल्न चाहने हो भने चीनले या त तत्काल कदम चाल्नुपर्यो, होइन भने उसले कहिल्यै त्यो मौका पाउनेछैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)