नेपाल–इजरायल कूटनीतिक सम्बन्धको ६२औं वर्षगाँठ मनाइयो
ekagaj.com · Tue May 10 17:26:21 GMT 2022
काठमाडौँ– नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६२औं वर्षगाँठ मनाइएको छ । नेपालस्थित इजरायली दूतावासले उक्त अवसरमा आयोजना गरेकोसमारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने उच्च पदस्थ सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरूका साथै नागरिक समाज, सञ्चार क्षेत्र तथा व्यवसायिक क्षेत्रका प्रतिनिधिहरू उपस्थित थिए ।
अतिथिहरूलाई स्वागत गर्दै नेपालका लागि इजरायली राजदूत हनान गोडरले नेपाल र इजरायल दुवैले सहिष्णुता, लोकतन्त्र, सामुदायिक ऐक्यवद्धतालाई सम्मान गर्ने बताउँदै दुवै राष्ट्रका आफ्ना पुराना सम्पदा तथा सभ्यता रहेको र समान चुनौतीको सामना गरिरहेको बताए । ‘त्यही समानताले हिजो हामी एकढिक्का भएका थियौं र अगाडि पनि हाम्रो द्विपक्षीय सम्बन्ध प्रगाढ रहिरहनेछ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)