पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
nepalsamaya.com · Fri Oct 16 01:28:15 GMT 2026

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँको अवसरमा देशमा राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक तथा सामाजिक क्षेत्र अन्योल र असमञ्जसको अवस्थामा रहेको बताएका छन्। उनले राष्ट्रिय एकता, सामाजिक सद्भाव र देशभक्तिको भावना बलियो बनाउन सबै नेपालीलाई आग्रह गरेका छन्।
विजयादशमीको शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले देशमा आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गरेका छन्। उनले गत भदौमा आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएको उल्लेख गर्दै विपत्तिको सामना गर्न सबैलाई एकजुट हुन आह्वान गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)