मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सफारीचालक आन्दोलनको अन्तरकथा

rajdhanidaily.com · Sun Jan 21 23:37:53 GMT 2024

इटहरी । इटहरीमा सिटी सफारीचालकहरू पुनः आन्दोलित बनेका छन् । विभिन्न बहानामा यसअघि पनि आन्दोलनमा उत्रँदै आएका सिटी सफारीचालकहरू आइतबार पनि आन्दोलनमा उत्रिएका हुन् । इटहरी उपमहानगरपालिका गेटअगाडि बाक्लो मात्रामा भेला भएका चालकहरूले मजदुरमाथि नगरप्रहरीबाट ज्यादती भएको भन्दै आन्दोलन गर्न बाध्य भएको बताए ।

खासगरी इटहरी नगरप्रहरीले ट्राफिक प्रहरीसँगको सहकार्यमा सफारीचालकहरूको कागजपत्र जाँच गर्ने र लाइसेन्स माग्ने गरेको, लाइसेन्स नहुनेलाई दैनिक ५ सय रुपैयाँ ‘फाइन’ काटेको र दैनिकजसो समस्या उत्पन्न गराएको आरोप लगाउँदै इटहरीभरमा रहेका सयौंको संख्यामा सफारीचालकहरू आन्दोलनमा उत्रन बाध्य भएका बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)