टोटेनह्यामको पोस्टमा लेस्टरको ४ गोल
deshsanchar.com · Sat Feb 11 17:30:49 GMT 2023
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष चारको दौडमा रहेको टोटेनह्याम हट्सपर लेस्टर सिटीसँग फराकिलो हार भोग्न बाध्य भएको छ। खेलमा टोटेनह्यामले १४ औ मिनेटमानै अग्रता लिएपनि त्यसपछि भने लेस्टरसँग लगातार गोल खान पुगेको थियो।
खेलमा रोड्रिगो बेनटन्करको गोलमार्फत टोटेनह्यामले १४ औ मिनेटमानै अग्रता बनाएको थियो। तर २३ औ मिनेटमा एडुवर्ड मेन्डीको गोलमार्फत लेस्टरले बराबरी गरेको थियो। दुई मिनेट पछिनै लेस्टरले जेम्स म्याडिसनको गोलमार्फत अग्रता बनायो। पहिलो हाफमानै ३-१ को अग्रता बनाउने क्रममा केलेकी इहेनाचोले इन्जुरी समयमा लेस्टरका लागि तेस्रो गोल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)