नेपालको बंगलादेशसँग गोलरहित बराबरीमा
ekantipur.com · Sat Dec 11 16:50:59 GMT 2021
काठमाडौँ — नेपालले साफ वुमन्स यू–१९ च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ । ढाकाको कम्लापुरस्थित वीर सेरेष्ठ सहिद सिपाही मुस्ताफा कमल रंगशालामा घरेलु टोलीको चर्को दबाब झेलेको नेपालले गोल भने गर्न दिएन ।
नेपाली कप्तान तथा गोलरक्षक अञ्जना रानामगर निकै नै व्यस्त हुनुपरेको खेलमा नेपालले बंगलादेशका ९ गोलका उत्कृष्ट अवसर विफल पारेको थियो । त्यसमध्ये धेरैजसो कप्तान अञ्जनाले नै क्लियर गरिदिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)