मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एकल महिलाको लोभलाग्दो अर्ग्यानिक तरकारी खेती

barnanmedia.com · Thu Oct 09 21:46:30 GMT 2025

टेम्केमैयुङ गाउँपालिका–४ नागीकी एकल महिला मायादेवी राई अहिले गाउँकै प्रेरणादायी किसान बन्न सफल भएकी छिन् । राई शिक्षण पेसा छाडेर चार वर्षअघिदेखि अर्ग्यानिक तरकारी खेतीमा लागेकी हुन् ।

राईले ‘इसुक्षा पशुपन्छी तथा मत्स्यपालन फार्म’ दर्ता गरी व्यावसायिक तरकारी खेती गर्दै आएकी छिन् । उनले बन्दाकोबी, काउली, ब्रोकाउली, टमाटर, भेडेखुर्सानी, एक्वास, प्याजलगायत तरकारी अर्ग्यानिक विधिबाट उत्पादन गर्दै आएकी छिन् । गाउँघरमै पाइने गाईभैँसी, बाख्रा र बङ्गुरको गोबर प्रयोग गरेर बनाइएको प्राङ्गारिक मल प्रयोग गरी पूर्णतया अर्ग्यानिक उत्पादनमा जोड दिएको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)