आचारसंहिता उल्लंघन गरेको भन्दै प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
annapurnapost.com · Thu Oct 13 01:05:00 GMT 2022
काठमाडौं : माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उनलाई स्पष्टीकरण सोधेको हो।
उनले गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्न जाँदा पञ्चेबाजा प्रयोग गरेको विषयमा आयोगले सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। २५ भन्दा बढीको संख्या र उम्मेदवारी दर्ता गर्न जाँदा बाजागाजा गर्न नपाउने आचारसंहितामा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)