मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

थारू समुदायको प्रथाजनित संस्थाबारेको पुस्तक विमोचन

gorkhapatraonline.com · Fri Oct 16 02:03:17 GMT 2026

थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघर, भलमन्सा तथा प्रगन्ना प्रणालीबारे अध्ययन गरिएको ‘मटाँवा, बरघर तथा प्रगन्ना प्रणाली’ पुस्तक विमोचन गरिएको छ । लुम्बिनी प्रदेश सरकारको सहयोगमा वैकल्पिक अनुसन्धान केन्द्र नेपालद्वारा प्रकाशित पुस्तकको लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विमोचन गर्नुभएको हो ।

पुस्तक विमोचन गर्दै पूर्वमुख्यमन्त्री चौधरीले यसले थारू समुदायका प्रथाजनित संस्थाको इतिहास, संरचना र भूमिकालाई उजागर गर्नुका साथै यस विषयमा थप अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुग्ने बताउनुभयो । थारू समुदायको भाषा, कला, संस्कृति, चालचलन तथा गीतबाजाको अभिलेखीकरण र दस्तावेजीकरणमा आफूले लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले समुदायका धेरै सांस्कृतिक सम्पदा अझै अभिलेखीकरण हुन नसकेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)