अन्तरजातीय विवाह गर्ने २ जोडीलाई नगरपालिकाको १-१ लाख आर्थिक सहयोग
kendrabindu.com · Fri Oct 16 02:05:07 GMT 2026

मुगु । जातीय विभेद र छुवाछुत अन्त्य गर्दै प्रेम, समानता र सामाजिक सद्भावको सन्देश दिन मुगुको छायाँनाथ रारा नगरपालिकाले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई आर्थिक सहयोग गरेको छ।
नगरपालिकाले दुवै जोडीलाई जनही एक लाख रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेको हो। छायाँनाथ रारा नगरपालिकाको दलित ऐन, २०८० अनुसार बिहीबार आयोजित कार्यक्रममा नगरप्रमुख विष्णुकुमार भाम र उपप्रमुख ऐश्वर्य मल्लले दुवै जोडीलाई एक–एक लाख रुपैयाँको चेक हस्तान्तरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)