मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ठगी आरोपमा एक महिला पक्राउ

ekantipur.com · Tue Jan 09 01:28:03 GMT 2024

खोटाङ — ठगी आरोपमा एक महिला पक्राउ परेकी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी निर्मला भुजेललाई सस्तोमा जग्गा उपलब्ध गराउँछु भन्दै रकम ठगी गरेको आरोपमा दिक्तेलकै ३२ वर्षीया गंगा विश्वकर्मा पक्राउ परेकी हुन् ।

भुजेललाई सस्तोमा जग्गा उपलब्ध गराउँछु भन्दै विभिन्न समयमा ११ लाख ५० हजार तीन सय ५० रुपैयाँ लिएर जग्गा उपलब्ध नगराएको भन्दै प्रहरीमा उजुरीपछि उनलाई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ स्थित उनकै कोठाबाट पुस २१ गते पक्राउ गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)