देशको अवस्थाबारे प्रश्न उठाउँदै पूर्वराजा ज्ञानेन्द्र शाहले दिए दशैँको शुभकामना
arthasansar.com · Fri Oct 16 02:18:02 GMT 2026

पूर्वराजा ज्ञानेन्द्र शाहले विभाजित नभई एकताबद्ध, परनिर्भर नभई आत्मनिर्भर तथा कमजोर नभई सबल र सक्षम नेपाल निर्माण गर्ने सोच सबैमा जागृत हुनुपर्ने बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले देशको कठिन परिस्थितिमा आपसी सद्भाव, भाइचारा र राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नुपर्नेमा जोड दिएका हुन्।
पूर्वराजा शाहले यस वर्षको वर्षायाममा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको उल्लेख गरेका छन्। भदौ १० गते भोटेकोशीमा आएको बाढी तथा असोजमा परेको अविरल वर्षा र बूढीगण्डकी क्षेत्रमा आएको बाढीले नागरिकले ठूलो दुःख भोग्नुपरेको उनको सन्देशमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)