मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

nagariknews.nagariknetwork.com · Fri Oct 16 02:22:12 GMT 2026

बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत गरिएको छ। गोसाइँकुण्ड गाउँपालिका-४ लाङटाङका स्थानीय बासिन्दाहरूको सक्रियतामा पदमार्गको पहिरोभन्दा माथि र रिमिचेभन्दा तल पहिरो गएका स्थानहरूमा श्रमदान गरी मार्ग सुधार गरिएको हो।

गोसाइँकुण्ड-४ का वडाध्यक्ष डिन्ढुप तामाङका अनुसार स्थानीयवासीको प्रत्यक्ष सहभागितामा पहिरोले बढी क्षति पुर्‍याएका मुख्य-मुख्य ठाउँहरूमा मर्मत कार्य सम्पन्न गरिएको छ। गत भदौ १० गते आएको भीषण बाढीले लाङटाङ प्रवेश गर्ने मुख्य द्वारका रूपमा रहेको स्याफ्रु बजारमा पूर्ण क्षति पुर्‍याउनुका साथै स्याफ्रु जोड्ने सडक पुलसमेत बगाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)