‘सीएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको सफल शल्यक्रिया
himalpress.com · Tue Jun 09 05:53:08 GMT 2026

चितवन- चितवन मेडिकल कलेज (सीएमसी) मा २१ वर्षीया एक युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै आज ती युवतीलाई ‘डिस्चार्ज’ गरिने अस्पतालले जनाएको छ।
अस्पतालका ‘इन्टरभेन्सनल रेडियोलोजिष्ट’ डा. विवेककुमार साह र ‘कार्डियोभास्कुलर सर्जन’ प्रा. डा. अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। डा साहका अनुसार चितवनको इच्छाकामना गाउँपालिकाकी युवती खाना खान नसकेपछि तीन दिनअघि सिएमसी अस्पताल आएकी हुन्। परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सिटी स्क्यानको परीक्षणले देखाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)