ममता काफ्ले हत्या मुद्दाः ब्लुस्टार परीक्षणदेखि चक्कु खरिदको सीसीटीभीसम्म
bishowkhabar.com · Fri Oct 16 02:31:09 GMT 2026

काठमाडौं – ममता काफ्ले भट्टको हत्या मुद्दामा अदालतमा जारी सुनुवाइको सातौँ दिन अभियोजन पक्षले रगतको दाग परीक्षण, चक्कु खरिद र घटनाको समयरेखासँग सम्बन्धित प्रमाण प्रस्तुत गरेको छ । अमेरिकी राज्य भर्जिनियाको प्रिन्स विलियम काउन्टी अदालतमा बिहीबार भएको सुनुवाइमा फरेन्सिक विशेषज्ञ र अनुसन्धानकर्ताहरूको बयानसँगै नरेश भट्टले वालमार्टबाट सामान किन्दै गरेको निगरानी क्यामेराको दृश्यसमेत निर्णायक मण्डल (जुरी) लाई देखाइएको हो ।
एबीसी७ का अनुसार फरेन्सिक विशेषज्ञ न्यान्सी सुलिनस्की–स्टेफेन्सले रगतको सम्भावित दाग पत्ता लगाउन प्रयोग गरिने रसायन ‘ब्लुस्टार’ ले कसरी काम गर्छ भन्ने प्रदर्शन अदालतमा गरेकी थिइन्। त्यस क्रममा अदालतको बत्ती निभाएर रसायनको प्रतिक्रिया देखाइएको थियो । रगतका कणसँग प्रतिक्रिया हुँदा ब्लुस्टार नीलो प्रकाशजस्तै चम्किने दृश्य निर्णायक मण्डललाई देखाइएको समाचारमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)